दुई वटा माइक्रोफाइनान्सको सेयर कारोबार रोक्का



काठमाडौं । दुई वटा लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार आजदेखि रोक्का भएको छ ।

समीट लघुवित्त वित्तीय संस्था र नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था आपसमा मर्जरमा जान लागेपछि कारोबार रोक्का भएको हो ।

दुवै संस्थाले आपसमा मर्जरमा जानका लागि बुधबार सम्झौता गरेका छन् । समीटको कार्यालय काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका–१० मा रहेको छ भने नेशनल धादिङ जिल्ला नलकण्ठ नगरपालिका–३मा रहेको छ ।


क्लिकमान्डु