मल्टीपर्पस फाइनान्सले ३५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने



काठमाडौं । मल्टीपर्पस फाइनान्सले ३५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।

कम्पनीको असोज ३ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम रहेको चुक्ता पुँजी ४५ करोड २० लाख रुपैयाँको १ः०.३५ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ ।

राष्ट्र बैंकले बार्षिक साधारणसभा वा विशेष सभाबाट हकप्रद सेयर जारी गर्ने प्रस्ताव स्वीकृत गराए पश्चात सेयर जारी गर्न सहमति दिएको फाइनान्सले जनाएको छ ।


क्लिकमान्डु