दशैंका लागि काठमाडौं छाड्नेको चहलपहल (तस्बिरहरु)




काठमाडौं । दशैंका लागि देशको राजधानी काठमाडौंबाट आफ्नो गाउँघर फर्किने क्रम जारी छ ।

असोज १ गतेबाट दशैंका लागि टिकट खुलेपश्चात केही दिन यता काठमाडौं छाडेर जानेहरुको संख्या बढ्दै छ ।

धेरै मान्छे एकसाथ काठमाडौंबाट बाहिरिने समय भएकाले नियमित जसो गाडीहरु भिडभाड देखिन्छन् । बसपार्कमा मान्छेको चाप पनि उत्तिकै छ ।

आइतबार (फुलपातीका दिन) उपत्यकाबाट बाहिरिनेको संख्या धेरै देखिएको छ । आइतबार काठमाडौंका विभिन्न नाकाबाट बाहिरेनको चाप अत्यधिक भएको प्रहरीले जनाएको छ ।

२० लाखभन्दा धेरैले उपत्यका छाड्ने अनुमान गरिएको छ ।


क्लिकमान्डु