विद्युतीय गाडीहरुमा न्यूनतम ब्याजदरमै कर्जा दिने गरि एनएमबि बैंक र सिप्रदीबीच सहकार्य



काठमाडौं । एनएमबी बैंक लिमिटेडले विद्युतीय गाडीहरुमा न्यूनतम ब्याजदरमै कर्जा प्रवाह गर्ने गरी सिप्रदि ट्रेडिङ्गसँग सहकार्य गरेको छ । यो सहकार्य बैंकिङ्ग क्षेत्रमै एक उत्कृष्ट योजना रहेको बैंकले जनाएको छ ।

जसमा ८०% फाइनान्सिङ्गसहित आवश्यक सम्पूर्ण कागजात बुझाएको २४ कार्य घण्टाभित्र कर्जा प्रवाह हुने जानकारी गराइएको छ ।

वातावरणीय संरक्षणलाई सघाउ पुर्‍याउने कार्यलाई प्रवद्र्घन गर्न बैंकले यो समझदारी गरेको जनाएको छ । जसमा न्यून ब्याजदर, लचिलो समयावधि जस्ता विशेषताहरु समावेश गरिएको बैंकले जनाएको छ ।

एनएमबिको यस कर्जा योजना, व्यवसायसँग वातावरणीय दायित्व पूरा गर्ने सचेत प्रयास पनि हो । यो योजनाले नेपालकै विद्युतलाई सदूपयोग हुने लक्ष्य लिइएको छ ।

यस योजनाले विद्युतीय गाडी चढ्ने ग्राहकवर्गलाई कर्जा प्रदान गर्ने मात्र नभई वातावरणलाई दिगो बनाउनसमेत टेवा पुग्ने छ, बैंकले जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।


क्लिकमान्डु