अनुमतिबिना डिजिटल बोर्ड र विज्ञापन नराख्न काठमाडौं महानगरको निर्देशन



काठमाडौं । काठमाडौं महानगरपालिकाले अनुमतिबिना होर्डिङ बोर्ड एवं डिजिटल बोर्ड तथा विज्ञापनहरु रोक्न निर्देशन दिएको छ ।

महानगरले सार्वजनिक सूचना जारी गर्दै अनुमतिबिना र अनुमति अवधि समाप्त भएका होर्डिङ बोर्ड र डिजिटल बोर्ड हटाउन निर्देशन दिएको हो।

‘असोज ५ गतेबाट अनुमतिबिना बाह्य विज्ञापन सञ्चालन नगर्न/नगराउन सम्वद्ध सबैलाई सूचित गरिन्छ,’ महानगरले भनेको छ । नियम उल्लंघन गरेर बोर्डमा विज्ञापन सञ्चालन गरेको पाइए नगर प्रहरीले बन्द गर्ने सूचनामा जनाइएको छ ।


क्लिकमान्डु