बालेनलाई पछ्याउँदै चिरिबाबु, अवैध संरचना हटाउन ललितपुर महानगरको ३५ दिने सूचना



काठमाडौं । ललितपुर महानगरपालिकाले मापदण्डविपरीतका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको छ ।

बुधबार सूचना जारी गर्दै ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रभित्र नक्सा स्वीकृत बिना, मापदण्ड विपरीत निर्माण भएका संरचनाहरु, सार्वजनिक जग्गा, सडक, फुटपाथ, चोक, पेटी अतिक्रमण गरी निर्माण भएका स्लोप, टप, रयाम्प, सिँढी लगायतका संरचना ३५ दिनभित्र हटाउन निर्देशन दिएको हो ।

उल्लेखित म्यादभित्र सूचना बमोजिमको कार्यन नगरे/नगराएमा महानगरपालिका कार्यालले त्यस किसिमका संरचनाहरु हटाउने सूचनामा जनाइएको छ ।


क्लिकमान्डु