नेपाल ल्युब आयलको लाभांश घोषणा, कहिले हुँदैछ बुक क्लोज ?



काठमाडौं । नेपाल ल्युब आयलले लाभांश घोषणा गरेको छ ।

कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो । लगानीकर्तालाई २५ प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीले असोज २८ गते ३१ औं बार्षिक साधारणसभा बोलाएको छ । साधारणसभा प्रयोजनका लागि असोज १४ देखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

सभा याक प्यालेस पुल्चोकमा हुने भएको छ । उक्त सभाले लाभांश पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।


क्लिकमान्डु