नाडा अटो शोमा नबिल बैंकको आकर्षक योजनाः तुरुन्तै कर्जा स्वीकृत हुने



काठमाडौं । नबिल बैंकले चाडपर्वलाई लक्षित गर्दै इलेक्ट्रिक गाडी कर्जाको विशेष योजना ल्याएको छ ।

बैंकले यही असोज ६ गतेदेखि असोज ९ गते सम्म भृकुटीमण्डप, काठमाडौंमा आयोजना हुन गइरहेको नाडा इभी एक्सपो २०२२ मा सहभागी हुुँदै आफ्ना ग्राहकलाई निःशुल्क क्रेडिट कार्ड तथा ऋण प्रसाशनिक शुुल्कमा विशेष छुट उपलब्ध गराउनेछ ।

वातावरण तथा दिगो विकासका लागि विद्युतीय सवारीसाधनको आवश्यकता रहेकोले यस्तो आकर्षक अफर ल्याएको बैंकले जानकारी गराएको छ ।

यस नाडा ईभी एक्सपो अन्तर्गत बैंकको स्टल नं. जी १२ मा ग्राहक वर्गलाई तत्काल ऋण मुुल्यांकन गरी कर्जा स्वीकृतीपत्र शर्तहरु लागु हुने गरी प्रदान गर्ने सुविधा ल्याएको छ ।


क्लिकमान्डु