अदालतको आदेशपछि पनि टुकुचाका संरचना हटाउँदै महानगर



काठमाडौं । काठमाडौं महानगरपालिकाले टुकुचा खोजीकार्यलाई निरन्तरता दिएको छ ।

आइतबार उच्च अदालत पाटनले भवन नभत्काउन अन्तरकालीन आदेश जारी गरेको भए पनि महानगरले आफ्नो अभियानलाई निरन्तरता दिएको हो ।

अदातलको आदेशबारे आफूहरुले सुनेको भए पनि यसबारे औपचारिक जानकारी नआएको महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए ।

महानगरले टुकुचाको खोजी तथा अतिक्रमित संरचना हटाउनका लागि कमलादीको लक्ष्मी बैंक उत्तरतर्फ निर्माणाधीन भवन नजिकै डोजर चलाइरहेको छ ।


क्लिकमान्डु