सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घट्यो



काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ ।

आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँ कायम भएकोमा सोमबार ४ सय रुपैयाँले घटेर ९१ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आइतबार तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँ कायम भएकोमा सोमबार ९० हजार ९ सय रुपैयाँ कायम भएको छ ।

साथै, आइतबार चाँदीको मूल्य प्रतितोला ११ सय ८५ रुपैयाँ कायम भएकोमा सोमबार १० रुपैयाँले घटेर ११ सय ७५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु