असन, इन्द्रचोक र भेडासिंह मन्दिर आसपासका पसल हटाउन साढे ११ बजे महानगरको टोली जाने



काठमाडौं । काठमाडौं महानगरपालिकाले आज असन, इन्द्रचोक र भेडासिंहमा रहेका मन्दिर र त्यस आसपास क्षेत्रमा अवैधरुपमा सञ्चालित पलस हटाउँदै छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर २५ का वडा अध्यक्ष राजेश शाक्यले उक्त क्षेत्रमा अवैधरुपमा रहेका पसल २४ घण्टाभित्र हटाउन हिजो सूचना दिएको र त्यस अनुसार नभएको भए आज ती स्थानका पसलहरु आज हजाइने जानकारी दिए ।

‘वडाले २४ घण्टाभित्र ति क्षेत्रमा रहेका पसलहरु हटाउन निर्देशन दिएका छौं,’ उनले भने, ‘पसलहरु नहटाएमा आज साढे ११ बजे वडा कार्यालय, नगर प्रहरी र नेपाल प्रहरीको सहयोगमा पलसहरु हटाइने छ । ‘

असन चोकका साथै असनबाट ट्यौडा, बाङ्गेमुढा जाने बाटो र आसपास क्षेत्रमा भएका, इन्द्रचोकमा रहेको पस्मिनाको खास्टो पसल, भेडासिंहमा रहेका माटोको भाँडाकुँडा पसल लगायत तत्काल हटाउन निर्देशन दिइएको उनले जानकारी दिए ।

मन्दिर तथा सम्पदा क्षेत्रमा रहेका पसल नहट्दा महानगर, वडा कार्यालय के हेरेर बसेको छ भनेर बारम्बार प्रश्न उठेका कारण पसलहरु बन्द गर्न भनिएको उनको बताए ।

उक्त क्षेत्रमा रहेका पसल कारण महानगरको सौन्दर्य विग्रेको, पर्यटक धेरै घुम्ने क्षेत्र भएकाले उनीहरुमा राम्रो छाप नपरेका कारण हटाउन बाध्य भएको उनको तर्क छ ।

वडाअध्यक्ष शाक्यले बाङ्गेमुढामा रहेको हनुमान पार्टीमा राखिएको पसलहरु पनि हटाइने बताए । क्षेत्रपाटी नजिकै रहेको पद्यमकन्या स्कुल नजिकै पार्क बनाउने कार्य पनि महानगरले केही समयमा सुरु गर्ने उनले ।


क्लिकमान्डु