वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रण हुन्छ: मन्त्री कुँवर




काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा पठाउने नाममा भइरहेको ठगी नियन्त्रण गर्ने प्रतिवद्धता जनाएका छन् ।

आइतबार मन्त्रालयको कल सेन्टरमा श्रमिकहरुको गुनासो सुनेपछि सञ्चारकर्मीहरुसँग बोल्दै मन्त्री कुँवरले सरकारले शून्य लागतमा पठाउने भनिएका देशहरुमासमेत एजेण्टहरुमार्फत् जताततै श्रमिकहरु ठगेको भन्दै तत्काल नियन्त्रण गर्ने बताए ।

उनले शून्य लागतमा वैदेशिक रोजगारीमा जानसक्ने सम्झौता भएका देशहरुमा समेत एजेण्टहरुले साढे ३ लाखसम्म लिएको गुनासो आएकाले मन्त्रालयले त्यसको अनुगन शुरु गरेको छ ।

मन्त्री कुँवरले मन्त्रालयमा ठगिएको भनेर आएका गुनासोहरुलाई मन्त्रालयले सहजीकरण गर्ने बताए । उनले वैदेशिक रोजगारी पठाउने नाममा जताततै ठगी हुदाँ सरकारलाई अफ्ठ्यरो लागेको बताए । मन्त्री कुँवरले ठगी भएको जानकारी मन्त्रालयमा नआउँदा अनुगमन गर्नसमेत नसकिएको बताए ।

अनुगनको लागि अनुगमन टोलीले प्रमाण र पैसा केही नभेट्यो गरेको बताए । मन्त्री कुँवरले ठगी भएको प्रमाण नभई कारबाहीको दायरामा ल्याउन नसकिएको बताए ।

अब सरकारले ठगी गर्ने एजेण्टहरु कहाँ बस्छन् खोज अनुसन्धान गरेर कानूनी कारबाही गरिने उनले बताए । मन्त्री कुँवरले कल सेन्टरमार्फत श्रमिकका गुनासाहरु तत्काल र केही समय लगाएर भए पनि समाधान मन्त्रालयले गरिरहेको दाबी गरे । उनले पछिल्लो समय वैदेशीक रोजगारको क्षेत्र, घरजग्गा कारोबार हुँदाहुँदै फोहोर व्यवस्थापनमा समेत दलाली हुन थालेको बताए ।

मन्त्री कुवरले आइतबार चार जना श्रमिकहरुको गुनासो सुनेका छन् । उनले वैदेशिक रोजगारीमा लैजान्छु भनेर महिनौ नलगिएको, वैदेशिक रोजगारीमा गएर घर आउन नदिएको जस्ता गुनासा श्रमिकहरुले मन्त्री कुँवरलाई भनेका थिए ।


क्लिकमान्डु