दशैं र तिहारका लागि साउनमा आयात भयो ४० लाखको तास



काठमाडौं । दशैं र तिहार पर्वलाई लक्षित गरी साउन महिनामा ४० लाख रुपैयाँ बराबरको तास आयात भएको छ ।

भन्सार विभागका अनुसार साउन महिनामा चीनबाट उक्त रकम बराबरको तास आयात भएको हो । दशैं र तिहारमा तासको खपत उच्च हुने भएकाले साउन महिनादेखि नै उच्च रुपमा तास आयात भएको हो ।

विभागका अनुसार साउन महिनामा चीनबाट १ लाख ८१ हजार ४४३ प्याकेट तास आयात भएको छ ।

गत आवमा भने चीन, भारत, फ्रान्स, जर्मनी, हंगेरी र अमेरिकाबाट २१ करोड ५४ लाख रुपैयाँ बराबरको तास आयात भएको थियो । गत आवमा चीनबाछ ९२ लाख ५६ हजार २१९ प्याकेट र भारतबाट १७ लाख ४ हजार २७३ प्याकेट तास आयात भएको थियो ।


क्लिकमान्डु