रोजगारी खोजिदिने कुमारी जब



काठमाडौं । अध्ययन सकेका विद्यार्थीहरु जागिर खोज्न धेरै भौतारिनु पर्छ । जागिर खाइरहेका पनि नयाँ राम्रो अवसर खोजिरहेका हुन्छन् ।

विभिन्न कम्पनीहरु पनि उपयुक्त व्यक्ति खोजिरहेको हुन्छन् । दुवै पक्षलाई एकै ठाउँमा ल्याइदिने प्लेटफर्म हो कुमारी जब डटकम ।

जागिरको खोजीमा रहेका व्यक्तिहरुलाई सहजीकरण गर्ने र उपयुक्त कर्मचारी खोजिरहेका दुवै पक्षलाई सहजीकरण गर्ने उद्देश्यले स्थापना गर्ने कम्पनी हो कुमारी जब डटकम ।

जागिर खोज्नेहरुले यस वेवसाइटमा गएर आफ्नो विवरणसहितको फर्म भरेर उपयुक्त जागिर खोज्न सकिने कम्पनीले जनाएको छ ।

वेवसाइटमा फर्म भर्न नसक्नेहरुले कम्पनीको तीनकुनेस्थित कार्यालयमै गएर पनि फर्म बुझाउन सक्ने कम्पनीले जनाएको छ ।

वेवसाइटमा विभिन्न कम्पनीहरु सूचिकृत गरिएको छ । वेबसाइटमा दर्ता भएका सबै कम्पनीहरु नेपाल सरकारको कानुनअनुसार दर्ता रहेको जनाइएको छ ।

यसको साथै कुनै कम्पनीलाई आफ्नो वेबसाइटमा दर्ता गर्नुअघि कुमारी जबले उक्त कम्पनीको बारेमा राम्रोसँग बुझेर मात्र सहकार्य गर्ने जनाएको छ ।

यी कम्पनीहरुको माग अनुसार कुमारी जबले अध्ययन सकाएर र कुनै अनुभव नभएका व्यक्तिहरुलाई पनि इन्टर्न वा एन्ट्री लेभल पोजिसनमा जागिर मिलाइदिने कम्पनीले जनाएको छ ।

त्यस्तै गरी कुनै पनि क्षेत्रमा काम गरेको राम्रो अनुभव भएका व्यक्तिहरुलाई नयाँ अवसर पनि प्रदान गर्ने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु