कीर्तिपुर नगरपालिकाद्वारा मापदण्ड विपरीत बनेका संरचना हटाउन शुरु



काठमाडौं । काठमाडौं महानगरपालिकाले मापदण्ड विपरित संरचना भत्काउने अभियानलाई तिब्रता दिइरहेका बेला कीर्तिपुर नगरपालिकाले पनि यस्ता संरचना भत्काउन शुरु गरेको छ ।

कीर्तिपुर नगरपालिकाले बिहीबार वडा नम्बर-१० मा मापदण्ड विपरीत निर्माण भएका संरचना भत्काएको हो ।

कीर्तिपुरका मेयर राजकुमार नकर्मी लगायत नगरपालिकाका प्राविधिक तथा पदाधिकारीहरुको उपस्थितिमा वडा नम्बर १० स्थित नगरपालिका भवननजिकै रहेको कम्पाउण्ड भत्काइएको हो ।

सार्वजनिक सम्पत्ति मिचेर बनाएका संरचना नछाड्ने मेयर नकर्मीले बताए ।


क्लिकमान्डु