सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढ्यो



काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार रुपैयाँ कायम भएकोमा बुधबार ३ सय रुपैयाँले बढेर ९५ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय रुपैयाँ कायम भएकोमा बुधबार ९४ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

साथै, मंगलबर चाँदीको मूल्य प्रतितोला ११ सय ६० रुपैयाँ कायम भएकोमा बुधबार ५ रुपैयाँले बढेर ११ सय ६५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु