सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घट्यो



काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ३ सय रुपैयाँ कायम भएकोमा मंगलबार ३ सय रुपैयाँले घटेर ९५ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, सोमबार तेजावी सुनको मूल्य ९४ हजार ८ सय रुपैयाँ कायम भएकोमा मंगलबार ९४ हजार ५ सय रुपैयाँ कायम भएको छ । साथै, सोमबार चाँदीको मूल्य प्रतितोला ११ सय ६० रुपैयाँ कायम भएकोमा मंगलबार ५ रुपैयाँले बढेर ११ सय ६५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु