सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घट्यो



काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ४ सय रुपैयाँ कायम भएकोमा मंगलबार ७ सय रुपैयाँले घटेर ९६ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, सोमबार तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ कायम भएकोमा मंगलबार ९६ हजार २ सय रुपैयाँ कायम भएको छ ।

साथै, सोमबार चाँदीको मूल्य प्रतितोला १२ सय ३५ रुपैयाँ कायम भएकोमा मंगलबार १५ रुपैयाँले घटेर १२ सय २० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु