एनएमबि हाइब्रिड फण्ड एल-१ र एनएमबि फिफ्टीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही संचालनमा रहेको एनएमबि हाइब्रिड फण्ड एल-१ र एनएमबि फिफ्टीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

दुबै फण्डले आर्थिक वर्ष २०७८/७९ को लागि योजनाको इकाईधनीहरुलाई क्रमशः २१.०५२६३ प्रतिशत लाभांश घोषणा गरेको छ । योजनाको लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात् मिति २०७९ साउन ३१ गते बुक क्लोज गरिदैछ । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीहरुले मात्र लाभांशको लागि हकदार हुनेछन् ।

एनएमबि क्याटिलद्वारा प्रबदित म्यूचूअल फण्ड स्किमहरुको लाभांश इतिहास निम्नानुसार रहेको छ ।

साथै, एनएमबि क्यापिटल लिमिटेडको पाँचौं म्युचुअल फण्ड योजना ‘एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-२’ २०७९ श्रावण २६ गतेदेखि निष्काशन भइरहेको छ । सो योजनाको निष्काशन छिट्टोमा साउन ३१ गतेसम्म आवेदन दिन सकिनेछ भने ढिलोमा भाद्र ९ गतेसम्म आवेदन दिन सकिनेछ ।


क्लिकमान्डु