सेयर बजारमा सामान्य गिरावट, हिमालयन एभरेष्ट इन्स्योरेन्सको कारोबारमा नकारात्मक सर्किट



काठमाडौं । निकै उतार चढाबकाबीच सेयर बजारमा सामान्य गिरावट देखिएको छ । बजार मापन गर्ने सूचक ५.११ अंकले घटेर परिसूचक २०५७.६८ बिन्दुमा रोकिएको छ ।

२१८ कम्पनीको ४६ लाख ४० हजार ८४४ कित्ता सेयर १ अर्ब ९३ करोड ५५ लाख २० हजार १४६ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट आएको छ ।

कारोबारमा बैकिङ समूहको ५.३१, विकास बैंक ७.९२, वित्त कम्पनी १६.१५, जलविद्युत १२.३५, जीवन बीमा ९.३७, उत्पादन तथा प्रशोधन २७.१०, माइक्रोफाइनान्स १५.७६, निर्जीबन बीमा समूहको उपसूचक १५.९६ अंकले घटेको छ ।

कारोबारमा हिमालयन हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबारमा युनिलिभर नेपाल, विन नेपाल लघुवित्त वित्तीय संस्था, उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् ।

कारोबारमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्यका नकारात्मक सर्किट लागेको छ । यस्तै हिमालयन पावर पार्टनर, गुडविल फाइनान्स, सिद्धार्थ इक्विटी फण्ड, लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यका नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा नागरिक लगानी कोषको अग्रस्थानमा रहेको छ । कम्पनीको १० करोड ६८ लाख ७९ हजार ४६७ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा शिवम सिमेन्ट र हिमालयन डिस्ट्रिलरी रहेको छ ।


क्लिकमान्डु