त्रिवेणी दाल तथा तेल उद्योगको आम्दानी ११ प्रतिशतले बढ्यो



काठमाडौं । त्रिवेणी दाल तथा तेल उद्योगको आम्दानी ११ प्रतिशतले बढेको छ । कम्पनीले सन् २०२१ मा १ अर्ब ४५ करोड २० लाख रुपैयाँको व्यापार गरेको छ ।

कम्पनीले सन् २०२० मा १ अर्ब ३० करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीले सन् २०१९ मा भने ८७ करोड ८० लाख रुपैयाँको मात्रै व्यापार गरेको थियो ।

कम्पनीले सन् २०२१ मा साढे १ अर्बको व्यापार गरेपनि नाफा भने ६९ लाख रुपैयाँले घटेको छ । सन् २०२० मा कम्पनीले १ करोड २३ लाख रुपैयाँ नाफा कमाएको थियो ।

त्यस्तै, कम्पनीले सन् २०२२ को ६ महिनाको अवधिमा १ अर्ब १ करोड ७० लाख रुपैयाँको व्यापार गरेको जनाएको छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन गरी ६२ करोड रुपैयाँ कर्जाका लागि रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २ करोड ९६ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५९ करोड रुपैयाँको रेटिङ गराएको हो ।

वार्षिक १८ हजार मेट्रिक टन उत्पादन क्षमता रहेको कम्पनीले विभिन्न देशबाट दाल चामल आयात गरी बिक्री वितरण गर्दैै आएको छ ।

कम्पनीले विशेषगरी मसुर दाल, हरियो र पहेंलो केराउ आयात गर्दै प्रशोधन गरी बिक्री वितरण गर्दै आएको छ । संघाई परिवारको ७५ प्रतिशत हिस्सा रहेको कम्पनीमा दुई जना सञ्चालक समिति छन् ।


क्लिकमान्डु