राष्ट्र बैंकले हटायो ३०% सम्ममात्रै नगद लाभांश दिने व्यवस्था



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले दिने ३० प्रतिशत नगद लाभांशको व्यवस्था खारेज गरेको छ । राष्ट्र बैंकले एकीकृत निर्देशिका संशोधन गर्दै उक्त व्यवस्था हटाएको हो ।

राष्ट्र बैंकले इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष २०७७-७८ को खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांस घोषणा तथा वितरण गर्न पाउने व्यवस्था गरेको थियो ।

यस्तो नगद लाभांश इजाजतपत्रप्राप्त संस्थाको २०७८ असार मसान्तमा कायम निक्षेपको भारित औसत ब्याजदरको प्रतिशत भन्दा बढी नहुने जनाएको थियो ।

खुद वितरणयोग्य मुनाफा कुल चुक्ता पुँजीको ५ प्रतिशतभन्दा कम भएका इजाजतपत्र प्राप्त संस्थाले कर प्रयोजनका लागि बाहेक नगद लाभांस वितरण गर्न नपाउने व्यवस्था गरेको थियो । उक्त व्यवस्थता हटाएको छ ।


क्लिकमान्डु