अमेरिकामा २००८ मा जस्तै हाउजिङमा मन्दीको संकेत, विज्ञहरुले दिए चेतावनी



एजेन्सी । सन् २०२० को शुरुवातदेखि नै न्यून ब्याजदर हुँदा अमेरिकामा हाउजिङको माग बढ्यो र बिल्डर्सहरुले पनि धमाधम घर निर्माणको गतीलाई तीव्रता दिए ।

तत्कालीन समयमा हाउजिङमा हुने लगानी १८.७ प्रतिशतले बढेको थियो । जुन वर्षको शुरुवाती अवस्थाको तुलनामा ५० प्रतिशतले बढि थियो ।

तर अहिले अमेरिकामा ४१ वर्षयताकै ९.१ प्रतिशतको उच्च मुद्रास्फीतिका कारणले मोर्टेज लोन बढेर दोब्बर भइसकेको छ । ३० वर्षको तथ्यांक हेर्ने हो भने अहिले अमेरिकामा मोर्टेज लोन ५.८ प्रतिशतले बढेको छ । जुन वर्षको शुरुवातको तुलनामा ३.१ प्रतिशतले बढी हो ।

ब्याजदरमा वृद्धि भएसँगै हाउजिङको माग भने घट्न थालेको छ ।

‘पछिल्लो एक दशक यता उच्च संख्यामा निर्माण भएका हाउजिङको माग अहिले भने ओरालो लाग्न थालेको छ,’ इन्टरएक्टिभ ब्रोकर्सका वरिष्ठ अर्थशास्त्री जोस टेरोसले भने ।
होमबिल्डर्सहरु तत्कालीन समयमा हाउजिङको माग उच्च रहेकाले आफूहरुले हाउजिङ निर्माणमा तीव्रता दिएको र यसले आफूहरुलाई राम्रो आम्दानी भएको बताएका थिए ।

तर अहिले अमेरिकामा फेडेरल रिजर्भले स्टिमुलस प्याकेज घटाउन थालेसँगै माग र आपूर्तिबीच खालड दिएको विज्ञहरुले बताइरहेका छन् ।

माग घटेसँगै अमेरिकामा हाउजिङको मूल्य २५ प्रतिशतसम्मले घटेको छ । हाउजिङको मूल्य ओरालो लाग्दा यसले सन् २००८ मा भएको विश्वव्यापी आर्थिक मन्दीको संकेत गरेको विज्ञहरुको भनाइ छ ।

विज्ञहरुका अनुसार सन् २०२३ मा पनि अमेरिकामा हाउजिङको माग दोहोरो अंकले घट्ने देखिएको छ । हाल अमेरिकामा केन्द्रीय बैंकले मासिक ४० अर्ब डलर बराबरको सम्पत्ति खरिद भइरहेको बताएको छ । जसले गर्दा हाल अमेरिकामा हाउजिङ खरिद गर्ने क्रयशक्ति सन् २००६ को अवस्था नजिक पुगेको छ ।

‘यो कस्तो अवस्था हो भने, हाउजिङ खरिद गर्ने क्षमता आम्दानीमा भर पर्छ, तर अहिले मासिक भुक्तानीको बढेर गएको छ,’ टोरेसले भने, ‘यस्तै अवस्था सन् २००८ को आर्थिक मन्दीमा पनि देखिएको थियो ।’

अमेरिकी एक होम बिल्डर्स कम्पनी भावनाका अनुसार हाउजिङ सेल्समा ३७ वर्षपछि जुन दोस्रो महिना हो । सन् २०२१ को जुन महिनाको तुलनामा सन् २०२२ को जुनमा हाउजिङ सेल्स १४.२ प्रतिशतले घटेको छ ।

मोर्टेज बैंकर एसोसिएसनले यसै साता ३० वर्षयता कै सबैभन्दा धेरै र सन् २०२३ मा पनि सोही अवस्था रहने बताएको छ ।


क्लिकमान्डु