आर्थिक दृष्टिकोणबाट देशको स्थिती गम्भीर छः वाणिज्यमन्त्री बडू



काठमाडौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले मुलुकको आर्थिक अवस्थालाई सुधार गर्न सजग भएर हिँड्नुपर्ने अवस्था आएको बताए ।

बुधवार काठमाडौंमा भएको निर्यात प्रवद्र्धनका लागि नवनियुक्त राजदुत र नियौत व्यवसायीबीचको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बडूले यस्तोसरकारको अपेक्षाअनुसार निर्यात बढ्न नसकेको र अर्थतन्त्र सुधारका प्रयत्नहरु भने भइरहेको बताए ।

मन्त्री बडूले व्यापारघाटा बढ्दो अवस्थामा रहेको उल्लेख गर्दै यो अवस्थालाई मध्यनजर गरेर मुलकको आर्थिक अवस्थालाई सुधार्ने काम भइरहेको स्पष्ट पारे ।
सरकारले आफ्नो नीति र कार्यक्रम र बजेटमा पनि अर्थतन्त्रको अहिलेको अवस्थालाई सुधार्ने र मुलुकको बढ्दो आयातलाई व्यवस्थापन गर्ने काममा सरकार लागेको बताए ।

मन्त्री बडूले निर्यातलाई प्रवद्र्धन गर्ने र विदेशी लगानी बढी भन्दा बढी नेपालमा भित्र्याउने काममा सरकार लागि परेको बताए ।
‘मुलुकको अहिलेको अवस्था आर्थिक दृष्टिकोणले हामी निकै सजग भएर हिँड्नुपर्ने अवस्था छ । आयात बढीरहेको छ । अपेक्षाअनुसार निर्यात बढ्न सकेको छैन । प्रयत्नहरु धेरै भइरहेको छ । व्यापारघाटा बढ्दो अवस्थामा छ ।’मन्त्री बडूले भने ।

सरकारले मुलकको आर्थिक अवस्थालाई सुधार्ने काम भइरहेको जानकारी उनले दिए ।

यतिबेला सरकारले आफ्नो नीति र कार्यक्रम र बजेटमार्फत पनि यही अहिलेको अवस्थालाई सुधार्ने र मुलुकको बढ्दो आयातलाई व्यवस्थापन गर्ने, सक्दो प्रतिस्थापन पनि गर्ने, निर्यातलाई प्रवद्र्धन गर्ने र विदेशी लगानी बढी भन्दा बढी आओस् भनेर भन्ने उद्देश्यले केही नीतिगत कार्यक्रमगत निर्णय भएको उनले बताए ।

हराष्ट्रिय उत्पादकहरु बढाउने र विशेष रुपले अभियानका रुपमा तयारीमा लागेका बताउदै मन्त्री बडूले राष्ट्रिय उत्पादन र उपभोग बढाउन सक्यौँ भने आयातलाई केही व्यवस्थापन गर्न सकिने बताए ।


क्लिकमान्डु