सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घट्यो



काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय रुपैयाँ कायम भएकोमा बुधबार २ सय रुपैयाँले घटेर ९४ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएकोमा बुधबार ९३ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला ११ सय ७५ रुपैयाँ कायम भएकोमा बुधबार ५ रुपैयाँले घटेर ११ सय ७० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु