सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन समितिबाट पास,एमालेको बहिष्कार



काठमाडौं । सार्वजनिक लेखा समितिको २२ औं वार्षिक प्रतिवेदन, २०७९ समितिबाट पास भएको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुले बैठक बहिस्कार गरेको भएपनि बैठकमा उपस्थित बहुमत सांसदहरुको सहमतिमा २२ औं वार्षिक प्रतिवेदन,२०७९ पास भएको सार्वजनिक लेखा समिति सचिव डा.रोजनाथ पाण्डेले बताए ।

उनले समितिको बैठकले वार्षिक प्रतिवेदन पास गर्ने र प्रतिनिधि सभामा पेस गर्न पठाउने निर्णय भएको बताए ।

‘समितिको बैंठकमा उपस्थित सांसदहरुको बहुमतको सख्याले सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन अनुमोदन गर्ने काम र प्रतिनिधि सभामा पठाउन स्वीकृत दिने निर्णय भयो । प्रमुख प्रतिपक्ष दलका मान्य सदस्यहरुले बैठक बहिस्कार गरेर छाडेर जानुभयो । उपस्थिति जनाएपछि । बीचमा बैठकमा सांसदहरु रहनुभयो । उहाँहरु उपस्थित संख्याको बहुमत भएको हुनाले उहाँहरुले प्रतिवेदन अनुमोदन गर्नुभयो । त्यही अनुसार हामी अगाडि बढेका छौं,’ उनले भने ।

सचिव पाण्डेले बैठकमा उपस्थित जनाएर प्रमुख प्रतिपक्ष दलका सांसदहरुले बैठक बहिस्कार गरेर हिँडे पश्चात् बैठकमा रहेका सांसदहरु उपस्थित संख्याको बहुमत रहेकाले वार्षिक प्रतिवेदन अनुमोदन गरेको बताए ।


क्लिकमान्डु