ट्रेजरी बिल्सको ब्याजदर ११ प्रतिशत पुग्यो



काठमाडौं । सरकारले उठाउने अल्पकालिन ऋणपत्र(ट्रेजरी बिल्स)को ब्याजदर ११ प्रतिशत पुगेको छ ।

नेपाल राष्ट्र राष्ट्र बैंकका अनुसार ११ अहिले ९१ दिनको ट्रेजरी बिल्सको ब्याजदर ११.०६ प्रतिशत पुगेको छ । ट्रेजरी बिल्सको ब्याजदर ३० वर्षभन्दा यताकै उच्च बिन्दुमा पुगेको छ ।

सरकारले चार प्रकारको ट्रेजरी बिल्स बिक्री गर्ने छ । २८ दिनको,९१ दिनको,१८२ दिन तथा ३६४ दिनको ट्रेजरी बिल्स बिक्री गर्ने छ ।

अहिले बैंकहरुले राष्ट्र बैंकसँग स्थायी तरलता सुविधा(एसएलएफ) ७ प्रतिशत ब्याजदरमा लिएर सरकारले ट्रेजरी बिल्समा ११ प्रतिशत बिन्दुमा लगानी गरेर फाइदा लिने गरेका छन् ।


क्लिकमान्डु