मौसम खराबीका कारण कैयन आन्तरिक हवाई उडान रद्द



काठमाडौं । मंगलबार खराब मौसमका कारण काठमाडौंबाट विभिन्न गन्तव्यमा हुने हवाई उडान रद्द भएका छन् ।

यति एयरलाइन्सका अनुसार तारा एयरले दुर्गमका गन्तव्यमा गर्ने उडान रद्द गरेको छ । एयरलाइन्सका अनुसार काठमाडौंबाट लुक्ला, फाप्लुमा हुने सबै हवाई उडान रद्द गरिएको छ ।

साथै, नेपालगञ्ज तथा सुर्खेतबाट हुम्ला, जुम्ला, डोल्पा, रारा, बाजुरा जस्ता विमानस्थलमा हुने उडान हुन सकेका छैनन् ।

पोखरा विमानस्थलबाट हुने हवाई उडानहरु पनि मौसमी खराबीका कारण हुन सकेका छैनन् । काठमाडौं–पोखराका लागि यति एयरलाइन्सले मंगलबारका लागि मात्रै ६ वटा उडान तय गरेको छ । साथै, बिराटनगरबाट हुने हवाई उडान पनि हुन सकेको छैन ।

बुध्द एयरका अनुसार खराब मौसमका कारण पोखरा, धनगढी, बिराटनगर, भैरहवा, सुर्खेत र तुम्लिङटारका उडानहरु हुन सकेका छैनन् ।


क्लिकमान्डु