बीमा समितिको कर्णाली प्रदेश शाखाको शाखा प्रमुखमा सोडारी



काठमाडौं । बीमा समितिको कर्णाली प्रदेशको शाखा प्रमुखमा पदमराज सोडारी नियुक्त भएका छन् ।

समितिका उपनिर्देशक सोडारीलाई समितिले कर्णाली प्रदेश शाखाको शाखा प्रमुखको जिम्मेवारी दिएको हो ।

समितिका अनुसार सोडारीले आजैदेखि कार्यभार सम्हालेका छन् ।

सोडारीको नेतृत्वमा उक्त शाखा कार्यालयमा समितिका सहायक निर्देशक राजेन्द्र महर्जन लगायतका अन्य कर्मचारी रहेको समितिले जानकारी दिएको छ ।

समितिले कर्णाली प्रदेशको सुर्खेत बीरेन्द्रनगरमा शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।

समितिले सुदुरपश्चिम प्रदेश कार्यालय, कर्णाली प्रदेश र मधेश प्रदेश कार्यालयमा शाखा कार्यालय विस्तार गर्ने योजना बनाएको थियो । अब समितिले सुदुरपश्चिम प्रदेश र मधेश प्रदेशमा आफ्नो शाखा कार्यालय विस्तार गर्न बाँकी छ ।


क्लिकमान्डु