सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँले घट्यो



काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँले घटेको छ ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ९ सय रुपैयाँ कायम भएकोमा मंगलबार १८ सय रुपैयाँले घटेर ९७ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, सोमबार तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ४ सय रुपैयाँ कायम भएकोमा मंगलबार ९६ हजार ६ सय रुपैयाँ कायम भएको छ । साथै, सोमबार चाँदीको मूल्य प्रतितोला १२ सय ६५ रुपैयाँ कायम भएकोमा मंगलबार २० रुपैयाँले घटेर १२ सय ४५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु