तारा एयरको विमान दुर्घटना छानबिन गर्न ५ सदस्यीय समिति गठन



काठमाडौं । आइतबार भएको तारा एयरको विमान दुर्घटनाका सन्दर्भमा छानबिन गर्नै ५ सदस्यीय समिति गठन भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन प्राधिकरणले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमनको अध्यक्षतामा समिति गठन गरेको हो ।

समितिका सदस्यमा क्याप्टेन दीपुराज ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, मौसमविद् मणिराज शाक्य र मन्त्रालयका सह सचिव बुद्धिसागर लामिछाने छन् ।


क्लिकमान्डु