विशिष्टिकृत संस्थाबाट मात्रै घरजग्गा कारोबार गर्ने व्यवस्था मिलाइने



काठमाडौं । सरकारले अब घर जग्गाको कारोबार विशिष्टिकृत संस्थाबाट मात्रै गर्ने व्यवस्था गर्ने भएको छ ।

आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै
राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षमा विशिष्टिकृत संस्थाबाट मात्रै घरजग्गा कारोबार गर्ने व्यवस्था मिलाउने बताइन् ।

अनाधिकृत क्षेत्रबाट हुँदै आएको कारोबारलाई व्यवस्थित गर्नका लागि विशिष्टीकृत संस्थाबाट मात्रै कारोबारको व्यवस्था गर्न लागिएको हो ।


क्लिकमान्डु