कांग्रेसले १९ पालिका जित्त्यो २५३ ठाउँ अगाडि, एमालेले ६ वटा जित्यो १६९ ठाउँ अगाडि, अरुको के छ ?
काठमाडौं । स्थानीय तहको निर्वाचनमा सत्तासीन नेपाली कांग्रेस पहिलो पार्टी बन्ने भएको छ । अहिलेसम्मको मतपरिणामले कांग्रेस पहिलो पार्टी बन्ने निश्चित भएको हो ।
अहिलेसम्म कांग्रेसले १९ पालिका प्रमुख र १४ उपप्रमुखमा बिजयी प्राप्त गरिसकेको छ भने प्रतिस्पर्धी नेकपा एमालेले ६ पालिका प्रमुख र ६ उपप्रमुखमा बिजयी प्राप्त गरेको छ ।
त्यस्तै, प्रारम्भिक मतगणनाअनुसार कांग्रेसले २५३ पालिका प्रमुख र २०६ उपप्रमुखमा लिड गरेको छ भने एमालेले १६९ प्रमुख र १८२ उपप्रमुखमा लिड गरेको छ ।
त्यसैगरी, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले २ पालिका प्रमुख १ उपप्रमुखमा बिजयी हासिल गरेको छ भने नेकपा माओवादी केन्द्र १ प्रमुख र १ उपप्रमुखमा बिजयी प्राप्त गरेको छ ।
त्यस्तै, माओवादी केन्द्रले १०४ प्रमुख र १२६ उपप्रमुखमा लिड गरिरहेको छ भने एकीकृत समाजवादीले ११ प्रमुख र २० उपप्रमुखमा लिड गररेको छ ।
जनता समाजवादी पार्टीले २२ प्रमुख र २१ उपप्रमुखमा लिड गरेको छ भने लोकतान्त्रिक समाजवादी पार्टीले ६ प्रमुख र ५ उपप्रमुखमा लिड गरेको छ ।
बैशाख ३० गते भएको स्थानीय निर्वाचनको मतगणना भइरहेको छ । कांग्रेस, माओपादी, एकीकृत समाजवादी, जनता समाजवादी लगायतले देशभरका विभिन्न स्थानमा गठबन्धन गरेका छन् भने एमालेले राप्रपा लगायतका पार्टीसँग गठबन्धन गरेको छ ।