बैंकिङ प्रणालीमा थपियो ६ अर्ब निक्षेप, कर्जा लगानी घट्दै



काठमाडौं । पछिल्लो साता बैंकिङ प्रणालीमा निक्षेप थपिएको छ भने कर्जा प्रवाह घटेको छ ।

नेपाल बैंकर्स संघका अनुसार एक साताको अवधिमा ६ अर्ब निक्षेप थपिँदा कर्जा लगानी भने ४ अर्ब रुपैयाँले घटेको छ ।
संघका अनुसार वैशाख १६ गतेसम्म ४३ खर्ब ६७ अर्ब ५९ करोड रुपैयाँ रहेको निक्षेप २३ गतेसम्म आइपुग्दा बढेर ४३ खर्ब ७३ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ ।

वैशाखयता निरन्तर घटेको निक्षेप पछिल्लो साता भने करिब ६ अर्ब रुपैयाँले बढेको छ ।

यस्तै कर्जा प्रवाह भने यो साता घटेको छ । वैशाख १६ गतेसम्म ४१ खर्ब ९६ अर्ब ८७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

वैशाख २३ गतेसम्म आइपुग्दा कर्जा प्रवाह ४ अर्बले घटेर ४१ खर्ब ९३ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । संघका अनुसार कर्जा–निक्षेप अनुपात (सिडी रेसियो) ९०.८१ प्रतिशत पुगेको छ ।


क्लिकमान्डु