स्मार्ट च्वाइस टेक्नोलोजिज र स्मार्ट कार्ड नेपालबीच भुक्क्तानी सेवा सञ्चालनका लागि सम्झौता



काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिज र स्मार्ट कार्ड नेपालबीच स्मार्ट क्यूआरमार्फत् भुक्क्तानी सेवा सञ्चालनका लागि सम्झौता भएको छ ।

काठमाडौंमा सोमबार आयोजित कार्यक्रमवीच स्मार्ट च्वाइस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र स्मार्ट कार्ड नेपालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि माई पे वालेट प्रयोगकर्ताले माई पे वालेटमार्फत् स्मार्ट क्यूआर मर्चेन्टहरूलाई भुक्क्तानी गर्न सक्छन् भने माई पेमार्फत् विभिन्न व्यापार-व्यवसायमा आवद्व व्यवसायीहरुले स्मार्ट क्यूआरमार्फत् भुक्क्तानी लिनलाई क्यूआरको सुविधा लिनसक्ने छन् ।

इएमभी स्ट्याण्डर्डमा जारी गरी फाइनान्सियल स्वीचमार्फत् कारोबार भुक्क्तानी तथा फस्र्छौट गर्ने भएकाले स्मार्ट क्यूआरमार्फत् भुक्क्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहने कम्पनीको विश्वास छ ।


क्लिकमान्डु