बैंक अफ काठमाण्डूद्वारा विश्व वित्तीय सप्ताहमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न



काठमाडौं । विश्व वित्तीय सप्ताह-२०२२ को सन्दर्भ पारेर बैंक अफ काठमाण्डूले मुलुकभर विभिन्न स्थानहरुमा ७ दिन वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम संचालन गरेको हो ।

बैंककोे संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले मुलुकभरका विभिन्न कलेज तथा स्कुलमा कक्षा ८ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता सम्बन्धी विशेष कार्यक्रम संचालन गरेको हो ।

कार्यक्रममा बैंकका प्रतिनिधीहरु विभिन्न स्कुल तथा कलेजहरुमा गई कक्षा ८ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरुलाई बैंकिङ्ग तथा वित्तीय साक्षरता सम्बन्धी जानकारी प्रदान गरिएको र उक्त कार्यक्रमले विद्मार्थीहरुको वित्तीय तथा बैंकिङ्ग साक्षरता सचेतना अभिबृद्धिमा सहयोग पुगेको विश्वास बैंकले लिएको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।


क्लिकमान्डु