आइएमईबाट रेमिट्यान्स पठाउनेका परिवारले मिदास एप निःशुल्क प्रयोग गर्न पाउने



काठमाडौं । मिदास एजुकेशन र आइएमईबीच र्ई‐लर्निङ प्रवर्द्धनका लागि सहकार्य हुने भएको छ । अभियान मार्च २२ देखि मे १४ सम्म ५४ दिनसम्म चल्नेछ ।

अभियानमा विदेशबाट आइएमईमार्फत रेमिट्यान्स पठाउँदा भुक्तानी भइसकेपछि आइएमईका अन्तर्राष्ट्रिय साझेदारबाट डाउनलोड लिङ्कसहितको एसएमएस र प्रोमो कोड पठाइनेछ ।

उनीहरुले मोबाइलमा प्राप्त लिंकबाट मिदास ई–क्लास एप डाउनलोड गर्न सक्नेछन् । एप डाउनलोड गरिसकेपछि प्रापकले निःशुल्क ई–लर्निङ प्राप्त गर्न प्रोमो कोड प्रयोग गर्ने र कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीले निःशुल्क पढ्न पाउनेछन् ।

ई‐क्लासले पाठ अनुसारका गेम, भिडियो, चित्र र चित्रअनुसारको आवाज, एनिमेनसन र इलुस्ट्रेसनले बालबालिकाको ध्यान पढ्न सहयोग गर्नेछ ।


क्लिकमान्डु