नेपाल-भियतनाम उद्योग वाणिज्य सङ्घको अध्यक्षमा मलहोत्रा निर्वाचित



काठमाडौं । मुलुकको सामाजिक, कृषि, व्यापार तथा पर्यटन प्रवर्द्धनमा योगदान गर्दै आएको नेपाल–भियतनाम उद्योग वाणिज्य सङ्घको ११औं वार्षिक साधारणसभाले दीपक मलहोत्राको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ ।

सङ्घको बिहीबार सम्पन्न साधारणसभाले आगामी तीन वर्षका लागि पूर्वसहायकमन्त्री राजेशकाजी श्रेष्ठसहित २५ जनालाई कार्यसमितिमा निर्वाचित गरेको हो ।

नवनिर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा ध्रुवकुमार श्रेष्ठ, उपाध्यक्षद्वयमा सुरेशमान श्रेष्ठ र जनक शर्मा पौडेल, महासचिवमा गोपालदास मानन्धर र कोषाध्यक्षमा कविकुमार तिवडेवाल निर्वाचित भएका थिए ।


क्लिकमान्डु