एक महिनामा क्यूआरबाट हुने भुक्तानी ५.६२%ले बढ्दा वालेटको १०.६९% ले घट्यो



काठमाडौं । पछिल्लो समय विद्युतीय भुक्तानीबाट हुने कारोबार रकम बढ्दै गएको छ ।

पुस महिनाको तुलनामा माघ महिनामा क्यूआर कोड स्क्यान गरी हुने भुक्तानी रकम ५.६२ प्रतिशतले बढ्दा वालेटबाट हुने कारोबारको रकम भने १०.६९ प्रतिशतले ओरालो लागेको छ ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांक अनुसार पुस महिनामा क्यूआर कोड स्क्यान गरी हुने कारोबार रकम ६ अर्ब ५२ करोड २५ लाख रुपैयाँ रहेकोमा माघ महिनामा मात्रै यस्तो कारोबार रकम ६ अर्ब ८९ करोड २० लाख रुपेयाँ पुगेको छ ।

त्यसैगरी पुस महिनामा वालेटमार्फत् १६ अर्ब २७ करोड ६० लाख रुपैयाँ रहेकोमा माघ महिनामा १ अर्ब ७५ करोड रुपैयाँले घटेर १४ अर्ब ५३ करोड ६० लाख रुपैयाँ कायम भएको छ ।

त्यसैगरी माघ महिनामा कनेक्ट आइपीएसबाट २ खर्ब ३६ अर्ब ४२ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।


क्लिकमान्डु