जग्गा कित्ताकाट फुकुवा गर्न जग्गा आवास व्यवसायी संघको माग



नेपाल जग्गा तथा आवास विकास संघले कित्ताकाट फुकुवा गर्नुपर्ने माग राखेको छ ।

संघको साधारणसभामा विकास विधेयकलाई अन्तिम रुप दिई ऐनको रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने, हाउजिङ्ग प्लानिङ्गको प्रकृया सहज बनाउनुपर्ने, संघले काठमाडौं उपत्यका बाहिर पनि व्यवस्थित शहरीकरणका आयोजना सञ्चालन गर्नुपर्ने तथा नेपाल राज्यभर रियल इस्टेट उद्योगको विकासका लागि एउटा छाता संगठनको रुपमा महासंघ गठन गर्नुपर्ने कुरामा जोड दिँदै यी कार्यहरुका लागि सम्बन्धित सरकारी निकायहरुसँग निरन्तररुपमा सम्वाद तथा अन्तरकृया गर्नुपर्ने अध्यक्ष इच्छा वाग्लेले बताए ।

संघका उपाध्यक्ष त्रय विदुर धमला, दीपक कुँवर एवं भेषराज लोहनी, निवर्तमान अध्यक्ष मीनमान श्रेष्ठ र संस्थापक अध्यक्ष बुद्धिनारायण श्रेष्ठले संघको सुदृढीकरण तथा रियल इस्टेट उद्योगको प्रवद्र्धन सम्बन्धमा आ–आफ्नो धारणा राखेका थिए ।


क्लिकमान्डु