बीमा समितिले माग्यो कर्मचारी, २८ जनाले रोजगारी पाउने



काठमाडौं । बीमा कम्पनीहरुको नियामक बीमा समितिले ८ पदका लागि २८ जना कर्मचारी माग माग गरेको छ । समितिले उपनिर्देशक, सहायक निर्देशक, सहायक प्रथम पदमा जागिरको अवसर खुलाएको हो ।

समितिले बीमा समिति कर्मचारी सेवा, सर्त विनियमावली, २०६८ को विनिमय १४ बमोजिम खुला/समावेशी तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्धारा स्थायी पदपूर्ती गर्नका लागि आवेदन माग गरेको हो ।

अधिकृत द्धितीय श्रेणी, प्रशासन, उपनिर्देशक पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नाकोत्तर उपाधि प्राप्त गरेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।

अधिकृत द्धितीय श्रेणी, प्रशासन÷लेखा÷अधिकृत द्धितीय,(चार्टर्ड एकाउन्टेन्ट) उपनिर्देशक पदका लागि मान्यता प्राप्त निकायबाट चार्टर्ड एकाउन्टेन्सी वा सो सरहको उपाधि प्राप्त गरेका नेपाली नागरिकले आवेदन दिन सक्ने समितिद्धारा जारी सूचनामा उल्लेख छ ।

यस्तै, अधिकृत तृतीय श्रेणी, प्रशासन, सहायक निर्देशक पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नाकोत्तर उपाधि प्राप्त गरेका व्यक्तिले आवेदन दिन सक्नेछन् ।

प्रशासन सहायक प्रथम पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कुनै एक विषयमा स्नातक उपाधिको प्राप्त गरेका नेपाली नागरिकले आवेदन दिन सक्ने समितिले जानकारी दिएको छ ।

योग्यता प्राप्त इच्छुक व्यक्तिले चैत १३ गतेसम्म आवेदन दिन सक्ने समितिद्धार जारी सूचनामा उल्लेख छ । यस्तै, दोब्बदर दस्तुर तिरेर चैत २० गतेसम्म आवेदन दिन सकिने छ ।


क्लिकमान्डु