म धेरै बोल्दिन, लगानीकर्ताको हितमा काम गरेर देखाउँछुः बोर्ड अध्यक्ष हमाल



काठमाडौं । नेपाल धितोपत्र बोर्डमा अध्यक्ष रमेश कुमार हमालले आफु धेरै नबोल्ने तर लगानीकर्ताको हितमा मात्रै काम गर्ने भएकोले काम गर्न दिन आग्रह गरेका छन् ।


नेपाल पुँजी बजार लगानीकर्ता संघसँगको भेटमा अध्यक्ष हमालले यस्तो आग्रह गरेका हुन् । उनले आफु लगानीकर्ताको हितमा काम गर्न नै भनेर बोर्डमा आएको बताएका छन् ।

‘म भर्खरै आएको छु, यहाँ धेरै कुरा बुझ्दै छु’ उनले भने ‘म धेरै बोल्दिन, बोल्न भन्दा काम गर्न मन पराउँछु, त्यसैले मलाई काम गर्न दिनुहवस, म जे गर्छु समग्र लगानीकर्ताको हितमा हुने काम गर्छु ।’

अध्यक्ष हमालले यसअघि भए गरेका सबै घटनालाई बिर्सेर अब नयाँ तरिकाले काम गर्ने बचन दिएका संघकी अध्यक्ष राधा पोखरेलले बताइन् । अध्यक्ष यसअघि हुने गरेको कमी कमजोरीमा अल्झने भन्दा पनि अबको दिनमा राम्रोसँग लगानीकर्ताको हितमा हुने गरी काम गर्ने बचन दिएको पोखरेलको भनाइ छ ।

भेटमा संघले बैंकका सहायक कम्पनीलाई ब्रोकर लाईसेन्स दिनुपर्ने, प्रविधिको अझै विकास गर्नुपर्ने, ब्रोकर कार्यालयमा कोरोना यता बन्द भएका डिस्प्ले खुलाउनु पर्ने, मार्जिन कारोबार सुरु गर्न, कमिशन घटाउने लगायतका सुझाव दिएको पोखरेलको भनाइ छ ।


क्लिकमान्डु