एमसीसीविरद्धका दुई रिट सर्वोच्चद्वारा दरपिठ



काठमाडौं । सर्वोच्च अदालतले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)का विरुद्ध दुई रिट दरपिठ गरेको छ ।

अधिवक्ताहरु सुरेन्द्र भण्डारी र स्वागत नेपालले एमसीसीका विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गर्न पुगेका थिए । तर सर्वोच्च अदालतले दर्ता गर्न अस्वीकार गरेको छ । दर्ता गर्न ल्याइएका उजुरी तथा रिट रितपूर्वक नभएपछि अदालतले दरपिठ गर्छ । दरपिठ भएपछि पुनः दर्ताका लागि रितपूर्वक ल्याउनुपर्ने हुन्छ ।

सरकारले एमसीसी संसदबाट अनुमोदन गर्नका लागि संसदमा टेबुल गराएपछि दुई अधिवक्ताहरु एमसीसी सन्धी नभएकाले सदनबाट अनुमोदन हुन नहुने भन्दै सर्वोच्चमा रिट दर्ता गर्न पुगेका थिए । सर्वोच्च अदालतले एमसीसी सदनमा प्रवेश गरिसकेकाले दरपिठ गरिदिएको हो ।


क्लिकमान्डु