आइपीओ निष्काशन गर्न लागेको नेष्डो लघुवित्तको वित्तीय अवस्था: कस्तो छ आगामी योजना ?



काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले बुधबारदेखि आइपीओ निष्काशन गर्न लागेको छ ।

कुनै पनि कम्पनीमा लगानी गर्दा कम्पनीको बारेमा सबै लगानीकर्ताले बुझ्न आवश्यक छ । त्यो कम्पनी कस्तो हो ? कम्पनीको वित्तीय अवस्था कस्तो छ ? आगामी दिनमा कम्पनीले वित्तीय रुपमा कस्तो प्रगति गर्ने प्रक्षेपण गरेको छ त्यो थाहा पाउनुपर्छ ।

नेष्डो २०७४ सालमा स्थापना भएको कम्पनी हो । यसको प्रधान कार्यालय पर्वतको कुश्मा नगरपालिका–६ न्यूरोडमा रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी १७ करोड २१ लाख २५ हजार रुपैयाँ रहेको छ ।

वित्तीय संस्थाको आफ्नोजारी पँुजी मध्ये १७ करोड २१ लाख २५ हजार संस्थापक सेयरधनीहरुबाट चुक्ता भईसकेको र ८ करोड २८ लाख ७५ हजार रुपैयाँको ८ लाख २८ हजार ७५० कित्ता आइपीओ निष्काशन गरेपछि संस्थाको चुक्ता पुँजी २५ करोड ५० लाख रुँपैयाँ पुग्नेछ । कम्पनीको संस्थापक सेयरधनीमा राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो, प्रभु बैंक र विश्व प्रकाश प्रसाई ठकुरी रहेका छन् ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आइपुग्दा कम्पनीको नाफा १० करोड ७ लाख ७३ लाख ८६ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा कम्पनिको नाफा १६ करोड ३३ लाख ९ हजार रुपैयाँ रहेको छ । यो अवधिमा नाफामा गिरावट आएको छ ।

आगामी आवमा कम्पनीले २६ करोड २६ लाख ३६ हजार रुपैयाँ नाफा आर्जन गर्ने लक्ष्य राखेको छ । यस्तै आव २०७९-८० मा कम्पनीको नाफा ४१ करोड ४ लाख ३३६ हजार रुपैयाँ पुग्ने प्रक्षेपण रहेको छ भने आव २०८०-०८१ मा नाफा बढेर ५९ करोड ४३ लाख ८७ हजार रुपैयाँ पुर्याउने लक्ष्य रहेको छ ।


क्लिकमान्डु