सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढ्यो



काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार २ सय रुपैयाँ कायम भएकोमा मंगलबार ८ सय रुपैयाँले बढेर ९७ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, सोमबार तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ७ रुपैयाँ कायम भएकोमा मंगलबार ९६ हजार ५ सय रुपैयाँ कायम भएको छ । साथै, सोमबार चाँदीको मूल्य प्रतितोला १३ सय रुपैयाँ कायम भएकोमा मंगलबार १५ रुपैयाँले बढेर १३ सय १५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु