अध्यक्षमा पराजित कमल थापाले छाडे राप्रपा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टी छाडेको घोषणा गरेका छन् । थापाले ३१ वर्ष लामो पार्टी सम्बन्ध टुट्न गएको भन्दै आजदेखि राप्रपाबाट अलग भएको घोषणा गरेका छन् ।

मंगलबार हेटौँडामा पत्रकारहरुसँग कुराकानी गर्दै उनले पार्टी छाडेको घोषणा गरेका हुन् ।

‘अत्यन्त भारी मन तथा पीडावोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको छु । ३१ वर्ष राप्रपामा रहँदा विताएका क्षणहरु प्रति म सदैव गौरव गरि रहने छु । राप्रपाका कुनै साथीहरुसँग मेरो वैरभाव छैन । सबैको भलो होस् भन्ने कामना गर्दछु,’ उनले भनेका छन् ।

अध्यक्षमा राजेन्द्र लिङदेनसँग पराजित भएपछि थापाले निर्वाचनमा दरबारको हस्तक्षेप भएको भन्दै आरोप लगाउँदै आएका थिए । थापाले केही समययता पार्टी छाड्ने र नयाँ पार्टी दर्ता गर्नेै संकेत समेत गरेका थिए ।


क्लिकमान्डु