एक किलो सुनसहित पोखराबाट १ जना पक्राउ



कास्की । एक किलो सुनसहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका–३० पावर हाउसचोकबाट करिब १ किलो बराबरको बिस्कुटको आकारमा रहेको सुन सहित सोही महानगरपालिका–१५ रामबजार बस्ने २५ वर्षीय रेशम सुनारलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग.१ ख २९६९ नम्बरको हाईसलाई वडा प्रहरी कार्यालय गंगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा हाईसमा सवार सुनारलाई लुकाई ल्याएको उक्त परिमाणको धातु सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी गराएको छ ।


क्लिकमान्डु