सेकेन्ड ह्यान्ड गाडीको मूल्य निर्धारण अब अनलाइनबाटै गर्न सकिने



काठमाडौं । महिन्द्राले सेकेन्ड ह्यान्ड गाडीको अनलाइन सिस्टमबाट मूल्य निर्धारण गर्ने सफ्टवेयर शुरु गरेको छ । महिन्द्रा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता अग्नी ग्रुप नेपालले आफ्नै छुट्टै सेकेन्ड ह्यान्न गाडी बेच्ने अनलाइन सिस्टमबाट मूल्याङ्कन(भ्यालुएसन) गर्ने ‘अग्नी आस्था’ कम्पनीमा भ्यालुएसन सफ्टवेयर शुरु गरिएको बताएको छ ।

‘अग्नि आस्था’ अग्नी ग्रुप प्रालि अन्तर्गतको सहायक कम्पनी हो । अग्नी आस्थाले केही वर्ष लगाएर भ्यालुएसन सफ्टवयेर नै विकास गरेको छ । जुन सफ्टवेयर एपको रुपमा विकास गरी सेल्सम्यानको आइप्याडमा राखिदिएको छ ।

बेच्न वा किन्न राखिएको गाडीको उत्पादन मिति, मोडल नम्बर र किलोमिटर सफ्टवेयरमा राख्नेबित्तिकै प्रारम्भिक मूल्य ग्राहकले थाहा पाउने अग्नी आस्थाका निर्देशक अमित चौधरीले बताए ।

‘१ घण्टाभित्रै गाडीको मेन्टिनेन्स कष्ट कति छ । त्यसको रिपेयर गर्दा कति लाग्छ ? हिसाब गरेर ग्राहकलाई जानकारी गराउँछ,’ उनले भने ।
यो कम्पनी सेकेन्ड हयान्ड सवारी साधनहरूको खरिद बिक्रीलाई सहज बनाउने उद्देश्यले स्थापना गरिएको चौधरीको भनाइ छ ।

‘अग्नि आस्थाले पुराना सवारी साधनहरूलाई मर्मत गर्न र गुणस्तरको कसरी बनाउन सकिन्छ भन्ने कुरा चासो राखेको छ,’ उनले भने ।

सेकेन्ड हयान्ड गाडी किन्न र बेच्न इच्छुक ग्राहकहरुका लागि अग्नि आस्थाले एकदमै सरल कारोबारका साथै पारदर्शिता प्रदान गर्न मद्दत गर्ने उनको भनाइ छ ।

‘हाल सेकेन्ड ह्यान्ड गाडी खरिद गर्न आफु खुसी मूल्य निर्धारण गर्ने प्रवृति छ,’ उनले भने, ‘अब हाम्रो कम्पनीबाट कारोकार गर्दा अनलाइन सिस्टमबाटै मूल्य निर्धारण लगायत मर्मत खर्चसमेत थाहा हुन्छ । तर हामी हाम्रो ब्रान्डको मात्र गाडी बेच्छौ ।’

चौधरीका अनुसार ग्राहकहरु विभिन्न कम्पनीमा जाँदा एउटै गाडीको मूल्याङ्कन (भ्यालुएसन) फरक पर्छ ।

‘कोही रिकन्डीसनसँग बढी स्टक रहेको भन्दैमा गाडीको मूल्य घट्ने भन्ने पनि हुँदैन,’ उनले भने, ‘तर हाम्रो आनलाइन सिस्टमले किन्ने र बेच्ने दुबैलाई पारदर्शिता कायम गर्ने गरी मूल्याङ्कन गर्छ ।’

गाडीको अनलाइनबाट मूल्याङ्कन गर्दा किन्ने र बेच्न दुबै पक्षका ग्राहकहरु सन्तोष हुने गरेको उनको भनाइ छ ।

‘कम्पनीको मुडको आधारमा गाडीको भ्यालुएसन हुँदैन,’ उनले भने, ‘अब हाम्रो यो सफ्टवेयरबाट वैज्ञानिक तरिकाले नै हुन्छ ।’

चौधरीले अग्नी आस्थाको भ्यालुएसन अनलाइन सिस्टमको आधारमा हुने भएकाले कुनै ग्राहक ठगिएको गुनासो समेत सुन्नुनपर्ने बताउँछन् ।

अग्नी आस्थाको सबैभन्दा विश्वसनीय कुरा नै एप्लिकेसनको माध्यमबाट भ्यालुएसन गर्ने सिस्टम भएको चौधरीको भनाइ छ ।

‘नेपाली बजारमा भएका कुनै रिकन्डिसन कम्पनीसँग यो सिस्टम छैन,’ उनले भने, ‘त्यसैले हामी फरक छौँ ।’

चौधरीका अनुसार यो कम्पनीको शाखाहरु काठमाडौं लगायत इटहरि, पोखरा, भरतपुर र भैरहवामामा छन् ।


क्लिकमान्डु