द क्लिफमा अब घोडा पनि चड्न पाइने



कुश्मा । विभिन्न एड्भेन्चर लगायत विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालन गरिरहेको द क्लिफ प्रालिको रिसोर्ट परिसरमा अब घोडा चड्न पाइने भएको छ । घोडा चड्न प्रतिव्यक्ति २ सय ५० रूपैयाँ तिर्नुपर्ने हुन्छ।

गुलेली पिङ, पारिवारिक पिङ, जर्ब बल, हाई रोप स्टेसन, स्काई चियर सञ्चालनमा ल्याएको द क्लिफले नयाँ प्रडक्टका रुपमा घोडचढी सुरु गरेको कम्पनीका अध्यक्ष राजु कार्कीले बताए ।

बिश्वकै अग्लो स्विङसमेत सन्चालन गर्दै आइरहेको द क्लिफको गुलेली पिङ र हाइ रोप स्टेसन पनि अहिले युवाहरू माझ निकै लोकप्रिय छन्।

उक्त क्षेत्रलाई एड्भेन्चर हबका रूपमा विकास गर्ने योजना भएको र भविष्यमा अन्य गतिविधि समेत थपिने कार्कीले बताए।


क्लिकमान्डु