उचार चढावकाबीच हरियोमा बन्द बजार, कारोबार रकम सुस्त



काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । कारोबारको सुरुबाट नै निकै गिरावट देखिएको बजारमा अन्तिम समयमा भने बजारमा झिनो अंकको सुधार देखिएको छ ।

बजार सेयर बजारमा यो क्षेत्रसँग सरोकार राख्ने व्यक्तहरुले दिएको अभिव्यक्तिका कारण पनि बजारमा निकै उतार चढाव हुने गरेको छ । अहिले मौद्रिक नीतिको पहिलो समिक्षा हुन लागेको छ । त्यसको लागि राष्ट्र बैंंकले पनि आवश्यक तयारी गरिरहेको छ । अहिले राष्ट्र बैंकले सेयर कर्जाको ४ करोड र १२ करोडको नीतिमा कस्तो संशोधन गर्ने हो सबैको चासोको विषय बनेको छ ।

मंगलबार मात्रै गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिमा कुनै संशोधन नगर्ने बताएका छन् । कारोबारको सुरुमा त्यसको असर स्वरुप बजारमा गिरावट देखिएको भएपनि अन्तिम समयमा बजारमा सुधार देखिएको छ ।

यता अर्थमन्त्री जनार्दन शर्माले ४/१२ को नीतिमा तत्काल संशोधन गर्न राष्ट्र बैंकलाई दबाब दिएको बु्झिएको छ । बुधबार बजार मापन गर्ने सूचक १.८२ अंकले बढेर २७३४.९३ बिन्दुमा रोकिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.२८ अंकले घटेर ५१५.२० बिन्दुमा रोकिएको छ ।

२२७ कम्पनीको ७४ लाख ४५ हजार २२७ कित्ता सेयर ४ अर्ब २१ करोड ७४ लाख १५ हजार ३३७ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा अधिकांश समूहको उपसूचकमा सुधार आएको छ ।


क्लिकमान्डु